काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको अधिवेशनमा ओखलढुंगा जिल्ला सभापतिमा तेजन खनाल ‘तेजेन्द्र’ विजयी भएका छन् ।
बुधवार मध्यराति सार्वजनिक अन्तिम नतिजाअनुसार खनालले ७०१ मतसहित जितेका छन् ।
सभापतिमा निर्वाचित खनाल सभापति शेरबहादुर देउवा निकट रहेका छन् । देउवा पक्षबाट ओखलढुंगामा कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले मोर्चा सम्हालेर खनाललाई जिताएका छन् । खतिवडाको गृहजिल्लामा उनले जादु देखाएका छन् ।
निर्वाचित खनालसँग सभापतिमा रामचन्द्र पौडेल निकटका बालकृष्ण दाहाल चुनाव हारेका छन् । पौडेल पक्षका दाहालले ६१२ मत मात्रै पाएका छन् ।
उपसभापतिमा कमल तामाङ र नवराज केसी विजयी बनेका छन् । तामाङले ७८२ र केसीले ६५५ मत पाएका हुन् ।
जिल्ला सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना विजयी बनेका छन् । लुइँटेलले ७२१ र ढुंगानाले ६८२ मत पाएका जनाइएको छ ।
सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ विजयी भएका छन् । बुढाथोकीले ७१७ र श्रेष्ठले ६६२ मत ल्याएका छन् ।
ओखलढंगाका वडा, पालिका, प्रदेश क्षेत्रको (क) र (ख) मा पनि देउवा निकट पक्षले कब्जा जमाएको छ । ओखलढुंगामा पौडेल पक्ष तह लागेको छ । केही पदमा छिटफुट जिते पनि पौडेल पक्ष ओखलढुंगा कमजोर देखिएको जनाइएको छ ।
सभापति देउवा निकट पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडाले आफ्नो टीमलाई जिताउन मोर्चा सम्हालेका थिए । खतिवडाले सभापतिमा खनाल नेतृत्वको टीमलाई जिताउन संयोजनकारी भूमिका खेलेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।