आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बाँस्कोटाको गृहजिल्लामा यी २ बने कांग्रेसका ‘कमाण्डर’

गोकुल बाँस्कोटाको गृहजिल्लामा यी २ बने कांग्रेसका ‘कमाण्डर’

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 2.9K
    SHARES

  • गोकुल बाँस्कोटाको गृहजिल्लामा यी २ बने कांग्रेसका ‘कमाण्डर’

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटा बोली र व्यवहारका कारण चर्चामा रहन्छन् । बाँस्कोटाको छुट्टै छवि बनेका बेला नेपाली कांग्रेसले पार्टी हाँक्न बाँस्कोटाको गृहजिल्ला काभ्रेपलाञ्चोकमा २ जना कमाण्डर निर्वाचित गरेको छ ।

    कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काभ्रे क्षेत्र नम्बर १ मा दिनेश लामा र क्षेत्र नम्बर २ मा महेश खरेल क्षेत्रीय सभापति निर्वाचित भएका छन् ।

    मंगलवार भएको मतदानमा लामाले प्रतिस्पर्धी विष्णुमाया पुलामीलाई पराजित गरेका छन् भने खरेलले प्रतिस्पर्धी सुन्दरमणि आचार्यलाई हराउँदै सभापति निर्वाचित भएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सचिवमा विद्यासागर लामा र किशोरराज गिरीले जितेका छन् । सहसचिव पदमा गणेशप्रसाद अधिकारी र पदमबहादुर लामा विजयी भएको जनाइएको छ ।

    क्षेत्रीय कार्यसमिति सदस्यमा नवराज दाहाल, केदारप्रसाद अधिकारी, शंकर अधिकारी, लालकुमार पाख्रिन, सत्यदेवी गौतम र सुधा श्रेष्ठ विजयी भएका छन् ।

    काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को सचिवमा आनन्द सापकोटा र नारायणप्रसाद सापकोटा निर्वाचित भएका छन् । सहसचिव पदमा चिरञ्जीवी आचार्य र पुरुषोत्तम बजगाईं निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend