आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावमा अनौठो नतिजा : कांग्रेसका ठूलै केन्द्रीय नेता मिल्दा पनि हार ! यो पक्षले जित्यो

चुनावमा अनौठो नतिजा : कांग्रेसका ठूलै केन्द्रीय नेता मिल्दा पनि हार ! यो पक्षले जित्यो

  • मिडिया डबली
  • बुधवार, मंसिर ८ २०७८

  • 19.0K
    SHARES

  • चुनावमा अनौठो नतिजा : कांग्रेसका ठूलै केन्द्रीय नेता मिल्दा पनि हार ! यो पक्षले जित्यो

    काठमाडौं – चुनावमा कहिलेकाहीँ अनपेक्षित परिणाम आउन सक्छ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नवलपुरमा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचनमा त्यस्तै भएको छ ।

    कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको गृहजिल्लामा महामन्त्री र सभापति शेरबहादुर देउवा पक्षबीच चुनावी तालमेल भएको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष एक्लै चुनावमा भिडेको थियो ।

    कोइरालाको गृहजिल्ला भएका कारण र देउवाको समर्थन पाएका कारण कोइराला पक्षले नै चुनाव जित्ने अनुमान थियो । तर परिणाम अर्कै आयो । केन्द्रीय कार्यसमितिका ठूलै नेता सभापति देउवा र महामन्त्री कोइरालाबीच चुनावी तालमेल हुँदा पनि हार व्यहोर्नुपर्‍यो । तर पौडेल पक्षले एक्लै चुनाव जित्यो ।

    नवलपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् भने २ नम्बर क्षेत्रमा बराबर मत आएको छ ।

    १ नम्बर क्षेत्रमा पौडेल पक्षका अमृत भट्टचनले जितेका छन् भने देउवा–कोइराला पक्षका कमलप्रसाद पंगेनी हारेका छन् । जितेका भट्टचनले ६७० मत ल्याउँदा हारेका पराजुलीको पक्षमा ४४७ मत मात्रै रहेको छ । सचिव र सहसचिव पदमा दुबै प्यानलका १–१ जना निर्वाचित भएका छन् ।

    २ नम्बर क्षेत्रमा सभापति पदका दुवै पक्षका उम्मेदवारले बराबर मत ल्याएका छन् । पौडेल पक्षका सूर्य गुरुङ र देउवा–कोइराला पक्षका जगत कार्कीले बराबर ३९४ मत ल्याएका छन् । मत बराबर भएपछि सभापतिको टुंगो लगाउन विषयमा छलफल भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend