काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलामका २ वटा निर्वाचन क्षेत्रमा भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा लोकप्रिय युवा नेता डम्बर खड्का सर्वाधिक मतसहित विजयी भएका छन् ।
खुलातर्फको महाधिवेशन प्रतिनिधिमा डम्बर खड्काले ४४९ मत ल्याउँदै सर्वाधिक भोट ल्याएको कीर्तिमान बनेको छ ।
चुनावमा तोयानाथ भट्टराईले ३६९, बेनुपराज प्रसाईले ३६०, उद्धव पौडेलले २९९, हिमाल मास्केले २९७, प्रेमलाल राईले २५८, देवेन्द्रकुमार राईले २४९, भुपेन्द्र कट्टेलले २४२, श्यामप्रसाद खड्गीले २४२ र हरिप्रसाद लुइँटेलले २४२ मत ल्याएर महाधिवेशन प्रतिनिधिको चुनाव जितेका छन् ।
महाधिवेशन प्रतिनिधि महिलातर्फ हरिकला श्रेष्ठले ३७८, खगेश्वरी पौडेल ‘बन्दना’ले ३०३, उत्तमलता श्रेष्ठले २६८ र कमला कट्टेलले २६७ मत ल्याएर जितेका छन् ।
खसआर्य खुलातर्फ सञ्जीव ढकालले २४७ र दूर्गा सुवेदीले १९२ मत पाएर विजयी बनेका छन् भने खसआर्य महिलातर्फ देउकुमारी कट्टेल २१२ मत ल्याएर जितेकी छन् ।
महाधिवेशन प्रतिनिधि आदिवासी जनजातितर्फ ध्रुव राईले २९७, जंगबहादुर गुरुङले २७८, सन्तोष गुरुङले २६४ र धनकुमार आले २०३ मत ल्याएर जीत हासिल गरेका छन् ।
आदिवासी जनजाति महिलातर्फ चन्द्रकला राईले ३६७, मेनुका प्रधानले ३०९ र प्रबिना राईले २६६ मत पाएर जितेका निर्वाचन समितिले जनाएको छ । दलिततर्फ जीवन नेपालीले ३०३ मत पाएर जितेका छन् ।
महाधिवेशन प्रतिनिधिमा अल्पसंख्यक/अपाङ्गता कोटाबाट टिकाराम लाप्चा ३०८ मतसहित विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।