काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्री मोह चितवनबाट देशभर चर्चित छ ।
छोरी रेनु दाहाललाई जिताउन प्रचण्डले स्थानीय तह चुनावमा मतपत्र नै च्यात्न लगाएको आरोप छ । प्रचण्डको जस्तै पुत्रीमोहको रोग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमा देखिएको छ ।
नेता पौडेलले छोरी संज्ञा पौडेललाई कांग्रेसको केन्द्रीय पद महाधिवेशन प्रतिनिधिमा जिताएका छन् ।
महाधिवेशन प्रतिनिधि बनेकी संज्ञा पौडेलकी माइली छोरी रहेकी छन् । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ बाट ३९५ मतसहित संज्ञा महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन् ।
पौडेलले महिलातर्फ उम्मेदवारी दिएर चुनाव जितेकी हुन् । आफ्नो प्यानलबाट छोरीलाई महाधिवेशन प्रतिनिधिमा राख्न पौडेलले दबाब दिएको आरोप नेताहरूले लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।