आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको चुनावमा शेरबहादुर देउवा र शशांक कोइरालाबीच तालमेल 

कांग्रेसको चुनावमा शेरबहादुर देउवा र शशांक कोइरालाबीच तालमेल 

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 6.6K
    SHARES

  • कांग्रेसको चुनावमा शेरबहादुर देउवा र शशांक कोइरालाबीच तालमेल 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औैैं महाधिवेशन अन्तर्गत विभिन्न प्रतिनिधिसभा क्षेत्रमा अधिवशेन भइरहेका छन् ।

    देशका अधिकांश भागमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल–शशांक कोइरालाको प्यानलबीच प्रतिस्पर्धा भइरहेका बेला नवलपुरमा फरक दृश्य देखिएको छ ।

    कांग्रेस महामन्त्री शशांक कोइरालाको गृहजिल्ला नवलपुरमा सभापति देउवा र कोइरालाबीच चुनावी तालमेल भएको छ ।

    कोइराला पक्ष बलियो रहेको नवलपुरमा देउवासँग मिलेर पौडेलको प्यालविरुद्ध चुनाव लडिरहेको छ ।

    नवलपुर क्षेत्र नम्बर २(क) का सांसद तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार विष्णु लामिछानेले देउवा र कोइरालाबीच चुनावी तालमेल भएको जानकारी दिए ।

    नवलपुर क्षेत्र नम्बर १ मा सभापति पदका लागि देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन मैदानमा भिडिरहेका छन् । क्षेत्र नम्बर २ को सभापति पदका लागि देउवा–कोइराला प्यानलका जगतबहादुर कार्की र पौडेल प्यानलका सूर्य गुरूङबीच प्रतिस्पर्धा हुँदैछ । नवलपुरमा देउवा पक्षले कोइराला पक्षलाई समर्थन गरेको छ भने पौडेल पक्ष चुनाव लडिरहेको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल देउवा–कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend