काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर १ क्षेत्रीय अधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार समेत रहेका प्रभावशाली युवा नेता मीनकृष्ण महर्जनले सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
नेता महर्जनले ४१७ मत ल्याएका छन् । चुनावमा पूर्व अर्थ राज्यमन्त्री उदयशमसेर राणाको ४१५ मत, रविन्स शर्माको ३८२ मत, विमल थापाको ३८१, ऋषिराम घिमिरेको ३७६ मत, प्रभाकर पोखरेलको ३३५ मत, मथुराप्रसाद घिमिरेको ३१४ मत, रामशरण घिमिरेको ३१४ मत, खोमप्रसाद घिमिरेको ३०६ मत आएको छ ।
खुला महिलातर्फ मुना अधिकारीले ४०४ मत, गीता पराजुलीले ३३४ मत, शशी खड्का गुरुङले ३३३ मत, रन्जना घिमिरेले २८३ मत ल्याएका छन् । पुरुष खसआर्यतर्फ पदम नारायण तिमल्सिनाले ३५७ मत, पुरुषोत्तम सिल्वालले ३५२ मत ल्याएर विजय भएका छन् ।
आदिवासी जनजातितर्फ जगतबहादुर लोले ४०४ मत, सानुकान्छा मोक्तानले ३८७ मत र सुरज श्रेष्ठले ३६७ मत ल्याएर विजय भएका छन् ।
नेता महर्जनले १३औं महाधिवेशनमा पनि ललितपुरकै सर्वाधिक मत ल्याएका थिए । नेता महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय मानिन्छ ।
हरेक कार्यकर्ताको सुखदुःखमा सदैव साथ रहँदै आएका कारणले पनि महर्जन कार्यकर्ताको मन मस्तिष्कमा बस्छन् । त्यसैले मंसिर १० गते हुने जिल्ला अधिवेशनमा सभापति पदमा महर्जनको जीत सुनिश्चित जस्तै देखिएको छ ।
नेता महर्जनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता उदयशमसेर राणाको बलियो साथ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।