काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सोमबार भएको महाधिवेशन प्रतिनिधिको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले बल्लबल्ल चुनाव जितेका छन् ।
उनी चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा थोरै मतान्तरले विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधिको खुलातर्फ १० जना विजयी भएकामा श्रेष्ठ नवौं नम्बरमा रहेका छन् । श्रेष्ठले ३२० मत मात्रै पाएका छन् ।
चितवन क्षेत्र नम्बर ३ मा भएको चुनावमा खुलातर्फ डा. सुर्यकान्त घिमिरे, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, शंकरप्रसाद कंडेल, कैलाश कोइराला, विजय शर्मा भुसाल, रामकृष्ण घिमिरे, भरत गुरुङ र चन्द्रध्वज गुरुङ पनि महाधिवेशन प्रतिनिधि बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।