काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणका निजी स्वकीय सचिव नरेन्द्र केसीले महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार केसी चुनावमा पराजित भएका हुन् ।
पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको चुनावमा महाधिवेशन प्रतिनिधिको खुलातर्फ उत्तम जोशी, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, जितनारायण श्रेष्ठ, टंकनाथ पौडेल, देवेन्द्र गुरुङ, राजेश्वर खनाल, केशव महर्जन, ईश्वरी लौडारी र प्रकाश अधिकारी विजयी भएका छन् ।
यसअघि गृहमन्त्री खाँणका अर्का सहयोगी बिजेश न्यौपाने रुपन्देही जिल्लाबाट प्रदेश प्रतिनिधिमा पराजित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।