आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा रामचन्द्र पौडेल गुटमा ठूलो लडाइँ, सभापति देउवा ढुक्क !

कांग्रेसमा रामचन्द्र पौडेल गुटमा ठूलो लडाइँ, सभापति देउवा ढुक्क !

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 2.8K
    SHARES

  • कांग्रेसमा रामचन्द्र पौडेल गुटमा ठूलो लडाइँ, सभापति देउवा ढुक्क !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस १४औं महाधिवेशनको मिति नजिकिँदैछ ।

    कांग्रेसले मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दैछ ।

    कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अगाडि बढिसकेका छन् । देउवाले आफ्नो तलैसम्मको टीम बनाउन नेताहरुलाई खटाएका छन् ।

    संस्थापन पक्षबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले समेत महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरेका छन् ।

    संस्थापनइतर पक्षबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापति पदका लागि मैदानमा उत्रिने तयारीमा रहेका छन् ।

    कांग्रेस भित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला समेत टीमसहित मैदानमा उत्रिने तयारीमा देखिएका छन् ।

    सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् तर देउवा निधि र श्रेष्ठ दुबैलाई मनाउन प्रयासरत रहेका छन् । उपभासपति निधि ‘ब्याक’ हुन तयार रहेका छैनन् तर श्रेष्ठले भने आफूलाई धोका नदिनेमा देउवा ढुक्क रहेका छन् ।

    संस्थापनइतर पक्षका आकांक्षीहरु एकले अर्कालाई आरोप लगाउनमा नै व्यस्त छन् । इतर पक्षबाट पौडेलले आफूले सबैलाई समेटेर अघि बढ्ने भन्दै सघाउन आफ्नै पक्षका नेताहरुलाई निरन्तर आग्रह गर्दै आएका छन् ।

    गत बुधवार पूर्व महामन्त्री सिंहलाई आफूलाई सघाउन आग्रह गर्दै उनी ठमेलस्थित सिंहको निवास पुगेका थिए । नेता शेखर समेत शुक्रवार सिंहलाई फकाउन उनको निवास गएका थिए भने शनिवार महामन्त्री शशांक सिंहलाई फकाउन निवासमै पुगेका थिए ।

    संस्थापनइतर पक्षका नेताहरूबीच शनिवार साँझ समेत समूहबाट साझा उम्मेदवार तय गर्ने विषयमा महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा छलफल भएको थियो । छलफलमा सबै आकांक्षीले आ–आफ्नै अडान दोहोर्‍याएपछि सहमति हुन नसकेको हो ।

    करीब १ घण्टा भएको छलफलमा आकांक्षी सबैले आफ्नै नाममा सहमति गर्न आग्रह गरेका कारण सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने भन्दै शनिवारको छलफल अन्त्य गरिएको एक नेताले बताए ।

    कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा नेताहरु महेश आचार्य, बलबहादुर केसी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । विधानअनुसार २ जना उपसभापति निर्वाचित हुने भएका छन् ।

    आचार्यले कांग्रेसलाई नयाँ गति दिन र वैचारिक रुपमा पार्टीलाई अघि बढाउन उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेका बताएका छन् ।

    आचार्यले उपसभापतिको नेतृत्वमा रहने कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउन आफूले भूमिका निर्वाह गर्ने अठोट लिएका छन् । उनी कुन पक्षबाट उम्मेदवार बन्ने यकिन भएको छैन ।

    नेता केसीले गृहजिल्ला सोलुखुम्बुबाट उम्मेदवारी घोषणा गरेका छन् भने नेता भण्डारीले केही समयअघि नै उपसभापतिमा उठ्ने घोषणा गरेका छन् ।

    कांग्रेसको महामन्त्री पदका लागि ८ जना आकांक्षी देखिएका छन् । महामन्त्रीमा संस्थापन पक्षबाट बालकृष्ण खाँण, रमेश लेखक, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउँद मैदानमा उत्रिने तयारीमा रहेका छन् ।

    संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरेका छन् तर को कुन पक्षबाट उम्मेदवार बन्ने भन्ने तय भएको छैन । कांग्रेस विधानमा २ महामन्त्री रहने व्यवस्था रहेको छ ।

    नेता थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा भदौ ३० गतेमा आयोजित एक कार्यक्रममार्फत महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    प्रवक्ता शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते सुन्दरीजलस्थित बीपी संग्राहलयमा आयोजित कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेका थिए भने पौडेलले तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि महामन्त्रीमा उठ्ने उम्मेदवारी घोषणा गरेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend