काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने सुरसारमा छन् वरिष्ठ नेता रामचन्द्र पौडेल । तर उनी गृहजिल्ला तनहुँमा नै कमजोर देखिएका छन् ।
शुक्रबार भएको प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको निर्वाचनमा पौडेल पक्ष कमजोर देखिएको छ भने सभापति शेरबहादुर देउवा पक्षले सन्तोषजनक प्रदर्शन गरेको छ ।
तनहुँका पालिका अधिवेशनमा समेत देउवा पक्षधर मानिएका उम्मेदवार बढी जितेका थिए ।
तनहुँ जिल्लाका २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर २(क) र (ख) मा संस्थापन पक्षधरका बहुमत उम्मेदवारले जितेका छन् । निर्वाचित भएका छन् । २(ख) मा ईन्द्रबहादुर आले सर्वसम्मत सभापति बनेका छन् भने २(क) मा पनि संस्थापन पक्षकै प्यानल विजयी भएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(क) मा जितराज रानाले २३८ मत पाएका छन् भने रानाका प्रतिस्पर्धी हिराबहादुर थापा १८१ मतमै सीमित भएका छन् । विजयी राना देउवा पक्षधर उम्मेदवार रहेका छन् भने थापा पौडेल पक्षका उम्मेदवार रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।