शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

केपी ओलीले नियुक्ति दिएका यी ९ जनालाई देउवा सरकारले गर्‍यो बर्खास्त

केपी ओलीले नियुक्ति दिएका यी ९ जनालाई देउवा सरकारले गर्‍यो बर्खास्त

  • मिडिया डबली
  • शनिवार, मंसिर ४ २०७८

  • 4.8K
    SHARES

  • केपी ओलीले नियुक्ति दिएका यी ९ जनालाई देउवा सरकारले गर्‍यो बर्खास्त

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालाना नियुक्ति पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ सदस्यलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको छ ।

    शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले राखेपका ९ सदस्यलाई बर्खास्त गरेको छ ।

    मन्त्रीस्तरीय निर्णयले सदस्यहरुलाई बर्खास्त गरिएको मन्त्रालयको स्रोतले जनाएको छ । राखेपका बोर्ड सदस्य रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी, इन्दिरा निरौला, रिम रानाभाट, गोपाल खनाल र गोविन्द भट्टराईलाई बर्खास्त गरिएको छ ।

    गत कात्तिक १ गते देउवा सरकारको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो । त्यसपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पूर्ववत् सरकारद्वारा नियुक्त भएका बोर्ड सदस्यलाई राजीनामा दिन निर्देशन दिएपनि राजीनामा नगरेकाले स्पष्टीकरण सोधेपछि बर्खास्त गरिएको छ ।

    मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियत सदस्यहरूलाई गत कात्तिक २३ गते स्पष्टीकरण सोधेका थिए । ३ दिनभित्र स्पष्टीकरण बुझाउन मन्त्रालयले निर्देशन दिएको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend