आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र एक्लो परेका रामचन्द्र पौडेल नेताहरूको दैलो धाउँदै

कांग्रेसभित्र एक्लो परेका रामचन्द्र पौडेल नेताहरूको दैलो धाउँदै

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ३ २०७८

  • 2.7K
    SHARES

  • कांग्रेसभित्र एक्लो परेका रामचन्द्र पौडेल नेताहरूको दैलो धाउँदै

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक राजनीति उत्कर्षमा पुगेको छ ।

    महाधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिने मनसायले आफ्नो गुट बलियो बनाउन खोजिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल एक्लो परेका छन् ।

    पौडेलको टीमका नेता प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायतले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरिसकेका छन् । एक्लो परेका बेला पौडेल नेताहरूको दैलो धाउन थालेका छन् ।

    पौडेल बिहीवार साँझ अकस्मात नेता प्रकाशमान सिंहको घर पुगेका छन् । नेता पौडेलको भेलालाई बहिष्कार गर्दै सभापति पदमा प्रचारप्रसार पारेका सिंहलाई भेट्न सिंहकै निवास ठमेलको चाक्सीबारी पुगेका हुन् पौडेल ।

    सिंहलाई भेटेर नेता पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । तर सिंहले मान्ने कुनै सम्भावना देखिँदैन ।

    नेता सिंहले पौडेललाई सभापतिमा सहयोग गर्न नसकिने भन्दै जवाफ दिँदै उल्टै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    आसन्न महाधिवेशनमा पौडेल र सिंह दुवै सभापति पदका दाबेदार रहेका छन् । सिंहले सभापतिबाट आफू ‘ब्याक’ नहुने स्पष्ट पारेका छन् । पौडेल पक्षबाट आफू सर्वसम्मत र साझा उम्मेदवार भए मात्रै आफू पौडेल पक्षमा आउने समेत बताएका छन् ।

    सिंहको दैलोमै पुग्दा समेत नेता पौडेलले आफ्ना पक्षमा समर्थन जुटाउन सकेनन् । अर्काेतिर सभापति शेरबहादुर देउवाले बिमलेन्द्र निधिबाहेक आफ्नो टीमलाई बलियो बनाउँदै महाधिवेशनको तयारी गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend