आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेससँग माओवादीले निहुँ खोज्यो, यस्तो निर्णयले सरकारलाई धक्का !

कांग्रेससँग माओवादीले निहुँ खोज्यो, यस्तो निर्णयले सरकारलाई धक्का !

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 2.8K
    SHARES

  • कांग्रेससँग माओवादीले निहुँ खोज्यो, यस्तो निर्णयले सरकारलाई धक्का !

    काठमाडौं – सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेससँग नेकपा माओवादी केन्द्रले निहुँ खोज्न थालेको छ ।

    हालै कर्णाली प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएर नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले निहुँ खोज्न थालेका छन् ।

    नेता शाहीले माओवादीलाई ४ मन्त्रालय चाहिने भनेर जिद्दी गरेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन सकेका छैनन् ।

    मन्त्रालय भागबण्डाको विषयमा कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनबीच रस्साकस्सी चलेको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसकेपछि मन्त्री नियुक्तिमा ढिलाइ भइरहेको छ ।

    गत कात्तिक १५ गते सरकारको नेतृत्व त्यागेको माओवादीले ४ वटा मन्त्रालय नछाड्ने निर्णय समेत बिहीवार गरेको छ । माओवादी संसदीय दलको बैठकले ४ वटा मन्त्रालय नछाड्ने निर्णय गरेको छ ।

    माओवादी संसदीय दलका सचेतक ठम्मर विष्टले भने, ‘गठबन्धनमा हामी सबैभन्दा ठूलो दल छौं । दलको बैठकले पनि सरकारमा सम्मानजनक सहभागिताका लागि ४ वटा मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend