आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस युवा नेता डम्बर खड्कालाई रेडक्रसको नागरिक सम्मान

कांग्रेस युवा नेता डम्बर खड्कालाई रेडक्रसको नागरिक सम्मान

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 3.7K
    SHARES

  • कांग्रेस युवा नेता डम्बर खड्कालाई रेडक्रसको नागरिक सम्मान

    काठमाडौं - इलामका नेपाली कांग्रेसका युवा नेता डम्बर खड्कालाई सम्मानित भएका छन् ।

    नेपाल रेडक्रस इलाम शाखा सिद्धिथुम्काले समाजसेवा गरेबापत खड्कालाई बुधबार नागरिक सम्मानबाट सम्मानित गरेको हो ।

    कोभिड महामारी, भूकम्प, बाढीपहिरो, धार्मिक कार्य, मूर्ति स्थापना, विकास निर्माण तथा दीनदुःखीलाई अविचलित रूपमा आर्थिक सहयोग गरेको भन्दै रेडक्रसले खड्कालाई सम्मान गरेको हो । रेडक्रस आफैंमा स्वयंसेवी र सहयोगी संस्था हो ।

    विपन्न नागरिकको सेवामा आफूले जस्तै विपद्का बेला मन फुकाएर सेवा र सहयोग गरेको भन्दै रेडक्रसले आफूलाई सम्मान गरेको नेता खड्काले बताए ।

    उनी विगत एक दशकदेखि समाजसेवा र राजनीति दुवैमा सक्रिय छन् । रेडक्रस जस्तो विश्व परिचित सामाजिक संस्थाबाट सम्मानित हुन पाउँदा गर्व महसुस गरेको खड्काले बताए । यसबाट आफूलाई आगामी दिनमा सामाजिक सेवामा लागिरहने प्रेरणा मिलेको उनको भनाइ छ ।

    खासगरी इलामको विकास निर्माणमा पछिल्लो समय खड्का निकै अगाडि छन् । जिल्लाका कुनै नागरिकलाई केही आपत विपत परेमा खड्का पहिले पुगिहाल्छन् । सोही कारण इलामेली जनता अहिले खड्कालाई राजनीतिमा पनि स्थापित गराउन लागिपरेका छन् ।

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend