आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र घाँटी जोडिएका ‘युवराजहरू’ नै लडाइँको मैदानमा, यो गुट छिन्नभिन्न !

कांग्रेसभित्र घाँटी जोडिएका ‘युवराजहरू’ नै लडाइँको मैदानमा, यो गुट छिन्नभिन्न !

  • मिडिया डबली
  • बुधवार, मंसिर १ २०७८

  • 3.4K
    SHARES

  • कांग्रेसभित्र घाँटी जोडिएका ‘युवराजहरू’ नै लडाइँको मैदानमा, यो गुट छिन्नभिन्न !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा माहोल तात्दै गएको छ ।

    महाधिवेशनको सन्दर्भमा कुनै बेला घाँटी जोडेका ‘युवराजहरू’ महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंह अहिले लडाइँको मैदानमा उत्रिएका छन् ।

    डा. कोइरालाले प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैन भन्ने अभिव्यक्ति दिएको सार्वजनिक भएपछि अर्का युवराज प्रकाशमान आक्रोशित बनेका छन् ।

    १ नम्बर प्रदेशको राजधानी विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसने आयोजना गरेको कार्यक्रममा बोल्दै नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको टिप्पणी गरे ।

    कांग्रेस पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको आरोप सिंहले लगाए ।

    डा. कोइरालालाई जवाफ दिँदै सिंहले आफू ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको मान्छे भएको स्पष्ट पारे । सिंहले पदमा बसेर काम नगरेकाहरूले आफूविरुद्ध कुप्रचार गरेको आरोप समेत लगाए ।

    पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा समेत जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म । आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानोको के छ के छ भन्दै उफ्रने ?’

    पहिले–पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुष्प्रचार नियतवश हुन थालेको भन्दै सिंह कडा आक्रोश पोखेका छन् । 

    केही समयअघि डा. कोइराला, सिंह र उपसभापति बिमलेन्द्र निधिले संयुक्त छलफल र बैठक गर्ने गरेका थिए । तर महाधिवेशनको मिति नजिकिँदै गर्दा कोइराला र सिंह एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

    नेता सिंहले आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको स्पष्ट पारे । उनले भने, ‘हो म गणेशमान र मंगलादेवीको छोरा हुँ र म पार्टी संकटमा हुँदा ज्यानलाई बाजी राखेर काम गरेको मान्छे पनि हुँ ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend