काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा तरङ्ग आउने गरी महामन्त्री डा. शशांक कोइरालाले विशेष घोषणा गरेका छन् ।
संखुवासभा पुगेका महामन्त्री कोइरालाले तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षित कुराकानी गर्दै आफू सभापति पदको उम्मेदवार रहेको बताएका छन् ।
कोइरालाले १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कांग्रेसमा पार्टी सभापति पदको आफू बलियो उम्मेदवार भएको दाबी कोइरालाले गरे । औपचारिक रुपमा सभापति पदको उम्मेदवारी चाँडै घोषणा गर्ने समेत कोइरालाले बताएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटमा रहेका कोइरालाले उम्मेदवार घोषणा गर्नुअघि पूर्व महामन्त्री प्रकाशमान सिंहले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल आफैं पनि सभापतिको उम्मेदवार बन्ने दौडमा रहेका छन् भने केन्द्रीय सदस्य शेखर कोइरालाले पनि देशव्यापी अभियान सञ्चालन गरिरहेका छन् ।
महामन्त्री कोइरालाले ५ दलीय गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताएका छन् । आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि तालमेल नगर्ने उनले बताए ।
महामन्त्री कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी समेत गरेका छन् । एक्लै चुनाव लड्दा समेत आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने कोइरालाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।