आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय गठबन्धन बैठकले गर्‍यो यस्तो निर्णय

रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय गठबन्धन बैठकले गर्‍यो यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ३० २०७८

  • 4.2K
    SHARES

  • रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय गठबन्धन बैठकले गर्‍यो यस्तो निर्णय

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादलाई यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ ।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा गरेको छ ।

    ‘सर्वाेच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्दछौं,’ बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

    बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति थियो ।

    यस्तो छ निर्णय –

    256901264_855316291820237_4340471388350807178_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend