बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगन थापाले दिए कांग्रेसलाई पहिलो पार्टी बनाउने टिप्स, चौतर्फी चर्चा !

गगन थापाले दिए कांग्रेसलाई पहिलो पार्टी बनाउने टिप्स, चौतर्फी चर्चा !

  • मिडिया डबली
  • सोमवार, कार्तिक २९ २०७८

  • 4.4K
    SHARES

  • गगन थापाले दिए कांग्रेसलाई पहिलो पार्टी बनाउने टिप्स, चौतर्फी चर्चा !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कांग्रेसलाई पहिलो पार्टी बनाउने टिप्स दिएका छन् ।

    कांग्रेसले ४५ लाख मत ल्याए मात्रै पहिलो पार्टी बन्नसक्ने थापाले बताए ।

    राजधानी काठमाडौं जिल्लाका वडा र पालिका अधिवेशनमा विजयीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसले गत निर्वाचनमा ३२ लाख मत पाएको स्मरण गरे ।

    ‘कांग्रेससँग भएको मतले मात्रै पहिलो पार्टी बन्न सकिन्न । यसपटक ४५ लाख मत पुर्‍याउनुपर्ने छ । १३ लाख मत कांग्रेसले थप्नुपर्नेछ,’ थापाले भने ।

    आगामी चैत्र ५ गतेभित्रै स्थानीय निर्वाचन हुनुपर्ने थापाले बताएका छन् । चैत ५ गतेभन्दा स्थानीय चुनाव पर सार्ने सुविधा संविधानले नदिएको थापाले बताएका छन् ।

    ‘चैत ५ गतेपछि स्थानीय तहको निर्वाचन गर्ने भए अध्यादेश ल्याउनुपर्छ,’ थापाले भने, ‘हामीलाई तीन महिना मात्रै बाँकी छ । १८ वर्षको मतदातालाई कांग्रेसको इतिहास सुनाएर हुँदैन । भविष्यमा कांग्रेसले गर्ने कार्य बताउन सक्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend