काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि नेपाली कांग्रेसभित्र हलचल मच्चिएको छ ।
नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएकाले आफूले उम्मेदवारी दिने बताए ।
उनले भने, ‘कांग्रेस कमजोर भएको मौकामा कम्युनिस्टले २ पटक संसद भंग गर्यो ।’ सिंहले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्याउनुपर्ने बताएका छन् ।
नेता सिंहले भने, ‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ । लुकाएर लुक्ने कुरा होइन । आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रुपमा उभिन्छु ।’
सिंहले सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको समेत बताए । प्रजातन्त्र दुःख, कष्ट गरेर आएको समेत उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।