काठमाडौं – पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जना बोर्ड सदस्यलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
यसअघि कात्तिक १ गते राखेपका सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरिएको थियो । देउवा सरकारले अब थप ९ जनालाई हटाउने तयारी गरिरहेको छ । यी सबैले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्ति पाएका थिए ।
खेलकुदको हितमा कुनै योगदान गर्न नसकेको आरोप लगाउँदै युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण सोधेको छ भने ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिँदै जवाफ चित्त बुझ्दो नभए बर्खास्त गर्ने तयारी भएको छ ।
मन्त्रालयको स्पष्टीकरणमा सोधिएको छ, ‘तपाईंले राष्ट्रिय खेलकुद परिषद्को सदस्यका रुपमा आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको र परिषद्को हितमा योगदान पुर्याउन सकेको नदेखिएकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ७ को उपदफा (२) को अवस्था सिर्जना भएकाले ऐनको दफा ७ को उपदफा (३) बमोजिम सदस्य पदबाट किन नहटाउने ?’
विज्ञ इन्दिरा निरौला, रिम रानाभाट, खेलकुद संघबाट मनोनित अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रेणुका श्रेष्ठ, सुवास श्रेष्ठ, साहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराई, उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाललाई स्पष्टीकरण सोधिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।