काठमाडौं – अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टी सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषय उत्पन्न विवादमा नेपाली कांग्रेसलाई उचाल्ने निर्णय गरेको छ ।
एस पार्टीले कांग्रेस लगायत सत्तारुढ दलसँग अदालत विवादबारे छलफल गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भने सर्वाेच्चको विवादमा दलहरू प्रवेश गर्न नहुने बताउँदै आएका छन् ।
अदालतको विवादमा नेकपा एस एक्लै नबोल्ने एसको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । विवादबारे गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।
प्रवक्ता खतिवडाले भने, ‘गठबन्धनमा छौं, सरकार र गठबन्नको एउटै धारणा आउन आवश्यक छ । एक्लै नबोल्ने, सबै सँगै बोल्ने हाम्रो नीति रहेको छ ।’
सर्वाेच्च अदालतको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा एसले राजनीतिक दलबीच एकीकृत धारणा आउनुपर्ने बताएका छन् ।
पार्टीले भनेको छ, ‘न्यायालयको संकट समाधानका लागि राजनीतिक दलहरू, न्याय क्षेत्रका सरोकारवाला पक्षबीच एकीकृत अवधारणा बनाउन बैठक अपिल गर्दछ ।’
नेकपा एसजस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले समेत साझा धारणा बनाउनुपर्ने जनाउँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।