आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आगामी चुनावमा हामीलाई कांग्रेसले जिताइदिन्छ, कांग्रेसको उम्मेदवार हुँदैन : माधव नेपाल

आगामी चुनावमा हामीलाई कांग्रेसले जिताइदिन्छ, कांग्रेसको उम्मेदवार हुँदैन : माधव नेपाल

  • मिडिया डबली
  • आइतवार, कार्तिक २८ २०७८

  • 5.4K
    SHARES

  • आगामी चुनावमा हामीलाई कांग्रेसले जिताइदिन्छ, कांग्रेसको उम्मेदवार हुँदैन : माधव नेपाल

    काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताइदिने बताएका छन् ।

    ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने भएकाले कांग्रेसले जिताइदिने दाबी गरे ।

    आसन्न राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने ठाउँमा कांग्रेसका उम्मेदवार नहुने उनले बताए । आसन्न चुनावमा कांग्रेसले जिताइदिने बताउँदै उनले चुनाव जितिनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।

    ‘५ दलीय राजनीतिक गठबन्धनले आउने चुनावसम्मको सन्दर्भमा खासगरिकन आउँदो चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुट्ने सहमति गरिएको छ । एउटा राष्ट्रियसभाको चुनाव, जुन आउँदो माघ महिनामा हुन गइरहेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त उपनिर्वाचनमा समेत मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमति भइसकेको छ । यो सहमतिले गठबन्धनको आयू लामो छैन र यिनीहरू बीचको एकतालाई तोड्न सकिन्छ कि भन्ने सोच र चाहना सबै चक्नाचूर भएको छ । हाम्रो बीचमा पनि यस्ता खालका आशंका नहोस् ।’

    उनले २ वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने समेत बताएका छन् । कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धन बीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्ने बताएका छन् ।

    एमालेको ठूलो पंक्ति अलमलमा रहेको बताउँदै उनले त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।

    केन्द्रीय कमिटीको बैठक आज आईतवारसम्म चल्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend