आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र रामचन्द्र पौडेलले बोलाए गुटको बैठक, केन्द्रीय सदस्यलाई निम्तो

कांग्रेसभित्र रामचन्द्र पौडेलले बोलाए गुटको बैठक, केन्द्रीय सदस्यलाई निम्तो

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 2.8K
    SHARES

  • कांग्रेसभित्र रामचन्द्र पौडेलले बोलाए गुटको बैठक, केन्द्रीय सदस्यलाई निम्तो

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि शुक्रबार गुटको बैठक बोलाएका छन् ।

    बैठकमा सहभागी हुन नेता पौडेलले पार्टी केन्द्रीय सदस्यलाई निम्तो दिएका छन् ।

    भोलि शुक्रबार दिउँसो साढे २ बजे सुन्धारास्थित दियालो होटलमा नेता पौडेलले केन्द्रीय सदस्यलाई निम्तो दिएका छन् ।

    कात्तिक २८ गते आईतवार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि गुटगत साझा धारणा तय गर्न नेता पौडेलले बैठक बोलाएका स्रोतले जनाएको छ ।

    कात्तिक २८ गतेको बैठकमा महाधिवेशन तयारी, पार्टीका विभिन्न तहमा भएका अधिवेशनको समीक्षा लगायतका विषयमा छलफल हुने भएको छ ।

    पार्टी बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समिति गठन पनि गर्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार कांग्रेसले १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा मंसिर २४ गतेदेखि ३ दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मंसिर २४–२६ गतेसम्म केन्द्रीय महाधिवेशन हुने मिति तय भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend