आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो, कति पुग्यो ?

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो, कति पुग्यो ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 5.3K
    SHARES

  • पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो, कति पुग्यो ?

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

    पछिल्लोपटक मूल्य समायोजन गरेको १ महिना नपुग्दै निगमले फेरि मूल्य बढाएको छ । पछिल्लोपटक असोज ३० गते निगमले मूल्य समायोजन गरेको हो ।

    आयल निगम सञ्चालक समितिको निर्णयअनुसार आज बुधवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ ।

    साविकको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । हवाइ इन्धन र ग्यासमा समेत मूल्य बढाइएको छ । 

    बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजेल ११९ रुपैयाँमा बिक्री हुनेछ । आन्तरिक हवाइ इन्धन मूल्यमा समेत प्रतिलिटर ५ रुपैयाँ बढेको छ ।

    बढेको मूल्यअनुसार अब हवाइ इन्धनको भाउ १०१ रुपैयाँ पुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ रुपैयाँ पुर्‍याइएको छ । 

    खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढेको छ । बढेको मूल्यअनुसार अब ग्यास प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँ पुगेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०८:०२:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend