आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले बैठकमा झण्डै कुटाकुट, कार्यकर्ताले झम्टिएपछि भागाभाग !

एमाले बैठकमा झण्डै कुटाकुट, कार्यकर्ताले झम्टिएपछि भागाभाग !

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 4.3K
    SHARES

  • एमाले बैठकमा झण्डै कुटाकुट, कार्यकर्ताले झम्टिएपछि भागाभाग !

    काठमाडौं – नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भइसक्दा समेत पार्टीभित्रको विवाद सकिएको छैन । एमालेभित्र अझै पनि थुप्रै असन्तुष्टि र विवाद देखिएका छन् ।

    यसैक्रममा नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा झण्डै कुटाकुटको अवस्था सिर्जना भएको छ ।

    आज बुधवार इनरुवामा बसेको जिल्ला कमिटी बैठकमा २०७५ जेठ २ गतेअघिका रमेश बस्नेत र पछिल्लो समय अध्यक्षको जिम्मेवारी पाएका रेवतीरमण भण्डारी गुटबीच अध्यक्षता गर्ने विषयमा विवाद भएको हो ।

    विवाद बढेपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले बीचमा आफू अध्यक्ष भएको दाबी गर्दै माइक खोसेपछि कार्यकर्ताले झम्टिएका थिए । त्यसपछि द्वारिकलाल लगायतको भागाभाग मच्चिएको स्रोतले जनाएको छ ।

    रेवती र रमेश पक्षबीच विवाद भएपछि खेमराज पोखरेललाई अध्यक्षता गर्न दिने समझदारी भयो तर पोखरेलले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर द्वारिकलालले माइक खोसेका थिए ।

    चौधरीले माइक खोसेपछि केही समय विवाद भएपनि बैठकले खेमराज पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

    बैठकमा एमाले सचिव तथा १ नम्बर प्रदेशका निवर्तमान मुख्यमन्त्री भीम आचार्य समेत सहभागी रहेका थिए । बैठकमा विवाद भएपछि जिल्ला इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेर सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend