काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।
बुधबार बिहान गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले शासन गर्ने रहर भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई चुनौती दिएका छन् ।
‘मैले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भने तर मलाई नै जेलमा कोचे,’ उनले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल सुरू भएको हो ।’
देउवाले अगाडि भने, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ । शासन व्यवस्थाविरुद्ध नलाग्नुस् ।’
प्रधानमन्त्री देउवाले संविधानमा केही आफ्ना पनि असन्तुष्टि रहेको बताउँदै त्यसलाई सुधार्दै जाने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।