काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने घोषणा गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् ।
नेपाली कांग्रेस धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुबै एकैव्यक्ति हुनुपर्ने समेत बताएका छन् ।
प्रधानमन्त्री र पार्टी सभापति एकैजना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो पनि नहुने तर्क उनले पेश गरे ।
गृहमन्त्री खाँणले तराई–मधेशमा रहेको नागरिकता सम्बन्धी समस्या सम्पूर्ण देशको समस्या भएको बताएका छन् । ‘यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रुपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ,’ खाँणले भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक–पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरुले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको खाँणले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।