आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले निकट यी मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

एमाले निकट यी मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १८ २०७८

  • 3.4K
    SHARES

  • एमाले निकट यी मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

    काठमाडौं – नेकपा एमाले निकट रहेकाले १ नम्बर प्रदेश सरकारमा मुख्य न्यायाधिवक्ताको नियुक्ति पाएका चुडामणि आचार्यले राजीनामा दिएका छन् ।

    पूर्व मुख्यमन्त्री शेरधन राईले एमाले निकट रहेका वरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फागुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हो । एमाले सरकार ढलेसँगै आचार्यले राजीनामा दिएका हुन् ।

    मुख्य न्यायाधिवक्ता आचार्यले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राजेन्द्र राईमार्फत प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् ।

    १ नम्बर प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत् संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम मिति बुधवारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका छन् ।
     
    सरकार परिवर्तन भएर अर्को दलको नेतृत्व आइसकेकाले पदमा बसिरहन नैतिकताले नमिल्ने हुँदा राजीनामा दिएको आचार्यले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend