काठमाडौं – नेकपा एमालेका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि १ नम्बर प्रदेशमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले नेपाली कांग्रेसका २ सहित ५ सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
नेपाली कांग्रेसबाट केदार कार्की आन्तरिक मामिला मन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने स्रोतले जाकारी दिएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रबाट ईन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बन्ने भएका छन् ।
निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट राई मुख्यमन्त्री नियुक्त भइसकेका छन् । प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।