काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न शाहीले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला आधा–आधा कार्यकाल नेतृत्व सम्हाल्ने सहमतिअनुसार शाहीले कांग्रेसलाई सरकार हस्तान्तरण गर्न लागेका छन् ।
सोमवार पत्रकार सम्मेलन गरेर शाहीले सरकारले हालसम्म गरेका कामको विवरण सुनाउँदै राजीनामा घोषणा गरेका हुन् । शाहीले संघ र स्थानीय तहसँगको समन्वयमा गरेका थुप्रै कामको विवरण पत्रकार सम्मेलनमा सुनाएका छन् ।
पत्रकार सम्मेलनमा ३ वर्ष ८ महिना काम गरेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘त्यसबेलाको सहमति भए अनुसार सत्ता गठबन्धन दलहरू सहकार्यका आधारमा अगाडि बढिरहेका छन् । मलाई साथ सहयोग दिने दलहरूलाई धन्यवाद दिँदै इमानको राजनीति स्थापित गर्न आजकै मितिले कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न चाहन्छु । नयाँ सरकार बनाउन साथ र सहयोग रहनेछ ।’
सहमतिअनुसार अब कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।