काठमाडौं - एमाले अध्यक्ष केपी ओली आज चितवन जाँदैछन् । एमाले भरतपुर कमिटीको अधिवेशनलाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् ।
एमालेले देशभर पालिका अधिवेशन गरिरहेको छ । एकैचोटि सात सय ५३ पालिकामा अधिवेशन गर्ने भनिए पनि अझै धेरै पालिकामा हुन बाँकी छ ।
एमले अध्यक्ष ओलीकै निर्देशनमा ठूला पालिकामा अधिवेशन हुन ढिलाइ भएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै ओलीले देशभर सम्बोधन गर्न पालिका अधिवेशनमा ढिलाइ गरेको बताइएको छ ।
यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चितवनमै छन् । उनी पनि निर्वाचन लक्षित कार्यक्रममा सहभागी भइरहेका छन् । प्रचण्डकै गृहजिल्लामा गएर ओलीले गर्ने सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।
केही समययता ओली र प्रचण्डबीच संवादहीनताको अवस्था छ । ओलीले प्रचण्डलाई अमाचकारी गालीगलौज गर्दै आएका छन् । प्रचण्डकै छोरी रेणु दाहाल मेयर भएको भरतपुरमा ओलीले गर्ने भाषणले दुई नेताबीच कस्तो सम्बन्ध रहने भन्ने देखाउने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।