काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी जोगाइदिने आश गर्दै आएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अन्ततः राजीनामा दिन तयार भएका छन् ।
यसअघि शाहीले प्रदेश पार्टीको निर्णय गराउँदै माओवादीको सरकार जोगाउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई ज्ञापन पठाएका थिए । तर प्रचण्डले शाहीको कुर्सी जोगाउन नसक्ने भएपछि राजीनामा दिन तयार भएका छन् ।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला भएको सहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका छन् ।
मुख्यमन्त्री शाहीले सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकपछि पदबाट राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाइने भएको छ ।
गत बैशाख १५ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ६ महिनापछि कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति गरेर शाही नेतृत्वको सरकारले विश्वासको मत दिएको हो । शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबारै राजीनामा दिने सहमति भएको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।