काठमाडौं – नेकपा एमाले संघ र देशैभरका सबै प्रदेश सरकारबाट आउट भएको छ ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेश सरकारबाट बाहिरिएको हो ।
सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले राजीनामा घोषणा गरेका छन् । भदौ ९ गते मुख्यमन्त्री नियुक्त भएको आचार्यले ६९ दिन सरकारको नेतृत्व गर्न पाएका छन् ।
तत्कालीन नेकपा एमालेको आन्तरिक विवादमा आचार्यले पार्टी विभाजनमा साथ नदिएर प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
आचार्यले भने, ‘संसदमा संविधानको धारा १६८ को उपधारा १ अनुसारको अवस्थामा हाम्रो दल नरहेको हुनाले आजै राजीनामा दिने घोषणा गर्दछु ।’
सोमबार विश्वासको मत दिने प्रस्ताव निर्णयार्थ पेश हुनुअघि आचार्यले राजीनामा गरेका छन् ।
मुख्यमन्त्री आचार्यको राजीनामासँगै अब प्रदेशमा नेपाली कांग्रेससहितको सरकार बन्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।