काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेरै प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा बोलेका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज सोमवार बिहान जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देउवा सेटिङ प्रधानमन्त्री बनेका भनेर प्रश्न गरिएपछि नेता पौडेलले त्यसको प्रतिवाद गरे ।
नेता पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएका स्पष्ट पारे ।
‘उहाँ संविधानत प्रधानमन्त्री बन्नुभएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक–पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको व्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नुभएको हो । त्यसमा सेटिङको कुरा छैन,’ नेता पौडेलले भने ।
गत असार २८ गते सर्वोच्चको परमादेशपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका हुन् तर कतिपयले सेटिङको आरोप लगाउने गर्छन् । यस्तो बेला नेता पौडेल प्रधानमन्त्री देउवाको पक्षमा उत्रिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।