काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनयता गृहजिल्ला चितवनमा छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै उनी कार्यकर्ता र मतदाता फकाउन लागिरहेका छन् ।
गत निर्वाचनमा कांग्रेसको समर्थन र सहयोगमा चुनाव जितेका प्रचण्ड अहिले भने चितवनका कांग्रेसीलाई चिढ्याइरहेका छन् ।
हालै आयोजित कार्यक्रममा उनले कांग्रेसीको खोइरो खने । प्रचण्डले भने, ‘शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन मैले त्यत्रो मिहिनेत गरें, तर अहिले चितवनमा कांग्रेसी मविरुद्ध नै लागिरहेका छन् । माओवादी केन्द्रसँग गठबन्धन गर्न हुँदैन भनिरहेको सुन्दा अचम्म लागिरहेको छ ।’ उनको यो अभिव्यक्तिले पहिल्यै नै चिढिएका चितवनका कांग्रेसी आगो भएका छन् ।
चितवनमा प्रचण्डलाई जिताउन कांग्रेसले कसैलाई उम्मेदवार नै बनाएन । आफ्नो गढमा प्रचण्डलाई स्थापित गर्न खोजिएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि छ । त्यति मात्र होइन, प्रचण्डकी छोरी रेणु दाहाल पनि कांग्रेसकै कारण भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइन् । जबकि भरतपुर महानगरपालिकामा कांग्रेसको राम्रै प्रभाव छ ।
आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले चितवनमा एक्लै चुनाव लड्ने मनस्थिति बनाएको छ । कांग्रेस नेतृत्वलाई विगतमा झै गठबन्धन बनाएर चुनाव नलड्न दबाब परिरहेको छ । कांग्रेस युवा नेता गगन थापालगायत चुनावमा मिलेर नभई कांग्रेस एक्लै लड्नुपर्ने पक्षमा छन् । यदि कांग्रेसले चितवनमा सबै ठाउँमा उम्मेदवारी दिएमा प्रचण्डले सर्मनाक हार बेहोर्नुपर्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।