काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ नेताको नेतृत्वमा छुट्टाछुट्टै समितिहरू बनाएको छ ।
नेता रामबहादुर थापा ‘बादल’ नेतृत्वको महाधिवेशन मूल व्यवस्थापन समितिको शुक्रबार च्यासलमा बसेको बैठकले विभिन्न १२ वटा समिति बनाउने निर्णय गरेको हो ।
नेता बादलको संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, अतिथि सत्कार समिति, प्रचारप्रसार समिति, खाद्य व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति बनाएको छ ।
बैठकमा सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनस्थल र तयारीबारे जानकारी दिएका थिए । एमाले महाधिवेशन आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुने गरी तोकिएको छ ।
यी हुन् समिति प्रमुखको विशेष जिम्मा पाउने १२ नेताहरू –
प्रतिनिधि व्यवस्थापन समिति – विष्णु पौडेल
जनपरिचालन समिति – सुरेन्द्र पाण्डे
प्रचारप्रसार समिति – योगेश भट्टराई
स्वास्थ्य समिति – भानुभक्त ढकाल
आर्थिक समिति – विष्णु रिमाल
मञ्च व्यवस्थापन – शेरबहादुर तामाङ
अतिथि सत्कार – राजन भट्टराई
आवास व्यवस्थापन – कृष्णभक्त पोखरेल
स्वयंसेवक परिचालन – विनोद श्रेष्ठ
यातायात व्यवस्थापन – काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन – कपिल पोखरेल/पार्वती रावल
मूल व्यवस्थापन समिति – रामबहादुर थापा ‘बादल’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।