आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस र माओवादीबाट आज यी सांसद बन्दैछन् नयाँ मन्त्री, नियुक्तिसँगै शपथ गराउने तयारी

कांग्रेस र माओवादीबाट आज यी सांसद बन्दैछन् नयाँ मन्त्री, नियुक्तिसँगै शपथ गराउने तयारी

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ११ २०७८

  • 4.1K
    SHARES

  • कांग्रेस र माओवादीबाट आज यी सांसद बन्दैछन् नयाँ मन्त्री, नियुक्तिसँगै शपथ गराउने तयारी

    काठमाडौं – बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिसकेको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतको गठबन्धनले एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरिसकेको छ ।

    गठबन्धनबाट पाण्डेले हिजो बुधवार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

    बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्ने देखिन्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदले समर्थन गरिसकेका छन् ।

    बागमती प्रदेशमा आज बिहीबार नै नयाँ सरकार गठन हुने निश्चित भएको छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनमा सहभागी प्रत्येक दलबाट १/१ जनाले मन्त्री पदको शपथ लिने भएका छन् । 

    स्रोतका अनुसार नेपाली कांग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले नयाँ मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी गरिरहेका छन् । बाँकी मन्त्रीको नियुक्ति तिहारपछि हुने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend