शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

एमालेमा केपी ओलीले गराएको निर्णयले प्रचण्ड खुसी

एमालेमा केपी ओलीले गराएको निर्णयले प्रचण्ड खुसी

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 3.9K
    SHARES

  • एमालेमा केपी ओलीले गराएको निर्णयले प्रचण्ड खुसी

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुब आलोचना गर्छन् । प्रचण्डको राजनीति नै सिध्याउन ओलीले अनेक योजना बनाउँछन् ।

    एमालेले बुटवलमा गर्ने भनेर विधान महाधिवेशनबाटै तोकेको राष्ट्रिय महाधिवेशन स्थल सार्दै चितवन ल्याइएको छ । प्रचण्डको गृहजिल्ला भएका कारण एमालेको प्रभाव बढाउन चितवनमा महाधिवेशन गर्न खोजिएको चर्चा भइरहेका बेला प्रचण्डले भने चितवनमा एमाले महाधिवेशन हुँदा खुसी व्यक्त गरेका छन् ।

    आज मंगलबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्ने एमालेको निर्णयले मेरो विजयी यात्रा सुरू भयो । एमालेले चितवनमा महाधिवेशन गरे पनि म त झन् यहीँ आउन पर्‍यो नि !’

    अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवन जिल्ला नछाड्ने बताए । ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ ५ वर्षका लागि तर म चितवन छाड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छाडेर अन्त जादिनँ,’ अध्यक्ष प्रचण्डले भने ।

    न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले गरिमालाई कायम राख्नुपर्ने प्रचण्डले बताए । ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ,’ उनले भने । 

    उनले सत्तारुढ गठबन्धनमा कुनै पनि समस्या नभएको बताएका छन् । उनले भने, ‘हिजो मात्र ३ वटा गठबन्धनबीच छलफल भयो, त्यस्तो कुनै समस्या छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend