आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तरुण विभागका तर्फबाट गृहमन्त्री खाँणले साफ उपविजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने

तरुण विभागका तर्फबाट गृहमन्त्री खाँणले साफ उपविजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 4.8K
    SHARES

  • तरुण विभागका तर्फबाट गृहमन्त्री खाँणले साफ उपविजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने

    काठमाडौं – नेपाली कांग्रेस तरुण विभागले १३औं दक्षिण एसियाली फूटबल (साफ) च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ ।

    विभागका प्रमुख शंकर भण्डारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बुधवार राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा दिउँसो २ बजे गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम राखिएको छ ।

    ‘ऐतिहासिक रूपमा नेपाललाई दक्षिण एसियाली स्तरको प्रतियोगितामा उपविजेता बनाउने राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई तरुण विभागले सम्मान गर्ने कार्यक्रम राखेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘झण्डै ३ दशकको इतिहास रहेको क्षेत्रीय फूटबलको सबभन्दा ठूलो प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्दै गरेको गौरवमय प्रदर्शनका लागि टीमका सबै खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूमा तरुण विभाग धन्यवाद ज्ञापन गर्न चाहन्छ ।’

    सम्पूूर्ण नेपालीलाई विजयादशमीको माहोलमा अन्तर्राष्ट्रिय सफलताको उपहार दिने नेपाली राष्ट्रिय फूटबल टोलीलाई आगामी दिनमा खेल क्षेत्रमा थप सफलताका (ंलागि उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यसहित कात्तिक १० गते बुधवारका दिन नगद सहितको सम्मान कार्यक्रम राखिएको विज्ञप्तिमा जनाइएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा हुने सम्मान कार्यक्रममा विशेष अतिथिको रूपमा तरुण विभागका प्रमुख एवं नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र अखिल नेपाल फूटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको उपस्थिति रहने जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend