शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सर्वाेच्चको विवादबारे ३ दलमा कुरा भएको छ, १–२ दिनमा हामी धारणा बनाउँछौं : प्रचण्ड

सर्वाेच्चको विवादबारे ३ दलमा कुरा भएको छ, १–२ दिनमा हामी धारणा बनाउँछौं : प्रचण्ड

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 3.1K
    SHARES

  • सर्वाेच्चको विवादबारे ३ दलमा कुरा भएको छ, १–२ दिनमा हामी धारणा बनाउँछौं : प्रचण्ड

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतमा देखिएको विवादको विषयमा गठबन्धनले १–२ दिनमा धारणा बनाउने जनाएका छन् ।

    आज मंगलवार गृहजिल्ला भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा चर्चा समेत नभएको जानकारी दिए ।

    अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयमा देखिएको विवादका सम्बन्धमा गठबन्धनका ३ दल बसेर सामान्य कुरा त भयो । पाँचै दल बसेका छैनौं । १–२ दिनमा हामी बसेर धारणा बनाउँछौं ।’

    न्यायालयको स्वतन्त्रतामा कहीँ कतैबाट आँच नआओस् भनेर सबै सतर्क बन्नुपर्ने उनले बताए । ‘कांग्रेसको कोटाबाट मन्त्री बनेका व्यक्तिको विषयमा विवाद बढेपछि मैले यही ठाउँमा आएर यस विषयमा बोलेको थिएँ । उहाँले राजीनामा पनि दिनुभयो तर त्यहाँबाट बढेको विवाद चर्किएको छ,’ प्रचण्डले भने, ‘हामी के कुरामा दृढ छौं भने राज्यका महत्त्वपूर्ण अंगहरु कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैले आफ्नो स्वतन्त्रता र गरिमाको ख्याल राख्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend