काठमाडौं – वडा अधिवेशनका क्रममा विवाद देखिएपछि नेकपा एमालेमा विभाजन देखिएको छ ।
महोत्तरी जिल्लामा नेकपा एमालेको वडा अधिवेशमा विवाद देखिएको छ । वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरुमा समान्तर कमिटी गठन गरिएका छन् ।
पार्टीमा गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी बनेका छन् । केही असन्तुष्ट समूहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।
उनले भने, ‘यदि दुबै पक्षमा सहमति नभए हामी निर्वाचन नै गर्ने तयारी गर्दैछौं । अवस्था हेरेर तुरुन्त निर्णय गर्छौं ।’
महोत्तरीका १३७ वडामध्ये करीब ८० प्रतिशत वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्वसहित पदाधिकारी चयन भएको झाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।