काठमाडौं – अदालतबाट दोषी ठहर भई ६ महिना जेल सजाय तोकिएका अपराधी फरार रहेका बेला नेकपा एमालेको वडा सदस्यमा निर्वाचित भएका छन् ।
कास्की जिल्लाको रुपा गाउँपालिका–५ मा ३६ सदस्यीय वडा कमिटीमा लागूऔषध मुद्दामा जिल्ला अदालत तनहुँबाट ६ महिना कारागार सजाय भएका मुस्कान पंगेनी वडा सदस्यमा निर्वाचित भएका छन् ।
सदस्य बनेका पंगेनीलाई २०७७ असार १६ गते प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपबाट ३ जनासहित पक्राउ परेको थियो ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१५प ६६४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पंगेनी र उनका साथीहरूलाई खानतलासी गर्दा प्रहरीले २ किलो ३०० ग्राम अवैध गाँजासहित पक्राउ गरेको थियो ।
पक्राउ परेका पंगेनी राजनीतिक आडमा ११ दिनमै छुटेका थिए । अदालतबाट अपराधी ठहर भइसक्दा समेत सजाय नकाटेर उनी फरार रहेका छन् ।
जिल्ला अदालत तनहुँले पंगेनीलाई लागूऔषध मुद्दामा ६ महिना जेल सजाय सुनाएको हो तर जेल सजाय भोग्न छाडेर उनी फरार रहेका छन् । फरार रहेकै बेला पंगेनीले उच्च अदालत पोखरामा गत भदौ १६ गते पुनरावेदन निवेदन दर्ता गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।