काठमाडौं – नेकपा एमालेले शनिबार देशैभर सर्वसम्मत रूपमा वडा अधिवेशनबाट नयाँ कमिटी बनेको प्रचार गरिरहेको छ ।
तर सिन्धुपाल्चोकमा अनौठो विद्रोह भएको छ । एमालेले जसलाई सर्वसम्मत वडाध्यक्ष बनायो, ती व्यक्तिले आफू माओवादी भएको स्पष्टीकरण दिएका छन् ।
एमालेले झुक्याएर जालसाजी गरी वडाध्यक्ष बनाएको भन्दै ती व्यक्तिले विद्रोह गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको ४ नम्बर वडामा रुद्रप्रसाद सापकोटालाई एमालेले वडाध्यक्ष बनाएको थियो । तर उनले वडाध्यक्ष भएको भोलिपल्टै विद्रोह गरेका छन् ।
सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई झुक्याएर वडाध्यक्ष बनाइएको जनाएका छन् ।
उनले भनेका छन्, ‘तपाईंसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटी अध्यक्ष बनाए तापनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरिसकेकाले सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।’
यस्तो छ सापकोटाको विज्ञप्ति –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।