आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सीके राउतले दादागिरी गर्न थालेपछि कांग्रेसले दियो यस्तो जवाफ

सीके राउतले दादागिरी गर्न थालेपछि कांग्रेसले दियो यस्तो जवाफ

  • मिडिया डबली
  • शनिवार, कार्तिक ६ २०७८

  • 7.1K
    SHARES

  • सीके राउतले दादागिरी गर्न थालेपछि कांग्रेसले दियो यस्तो जवाफ

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई कानूनी कारबाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई स्वागत गरेको छ ।

    कानून हातमा लिने, बलजफ्ती र हुलहुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन नसक्ने बताउँदै कांग्रेसले यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारबाहीको विषय भएको जनाएका छन् ।

    प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य हो तर कानून हातमा लिने, बलजफ्ती र हुलहुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन । यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारबाहीको विषय बन्दछ ।’

    जनमत पार्टीले जनकपुरमा गरेको घटनाबाट नेपाली इन्जिनीयरहरु, कर्मचारीहरु र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको कांग्रेसले जनाएको छ ।  हुलहुज्जतको बाटो समुन्नत समाजमा पुग्न नसकिने बताउँदै कांग्रेसले शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले समर्थक र सदस्यलाई तदनुकुलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य रहेको जनाएको छ ।

    हरेक दल, नेतृत्व, सदस्य, समर्थक र हरेक नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेसले थप सजगता र कडाइका लागि सरकारलाई नेपाली कांग्रेसले अपिल गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend