काठमाडौं – अविरल वर्षासँगैको हिलो र पहिरोले अवरुद्ध भएका इलामका अधिकांश ग्रामीण सडक खोलाउन नेपाली कांग्रेसका दिलदार नेता डम्बर खड्काले गरेको पहल सफल भएको छ ।
कांग्रेस नेता खड्काको पहलपछि इलामका ग्रामीण सडक खुलेका छन् ।
खड्काको पहलमा इलाम जिल्लाको इलाम–नामसालिङ्ग सडकखण्ड सञ्चालनमा आएको छ । सडक खण्डको बिभिन्न क्षेत्रमा पहिरो गएर बाटो बिग्रिँदा आवतजावत ठप्प भएको थियो ।
नेपाली कांग्रेस इलामका युवा नेता तथा समाजसेवी समेत रहेका खड्काले आफ्नो पहलमा आफ्नै डोजर लगाएर इलाम–नामसालिङ्ग सडकखण्डमा यातायात सञ्चालन गरिसकेका छन् ।
सडक खुलेसँगै स्थानीयलाई कृषि उपज सामग्री ढुवानीदेखि बिरामीलाई अस्पताल लैजानसम्म सहज भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।