शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारले बर्खास्त गर्‍यो ओलीको कृपाले नियुक्ति पाएका यी पदाधिकारी

देउवा सरकारले बर्खास्त गर्‍यो ओलीको कृपाले नियुक्ति पाएका यी पदाधिकारी

  • मिडिया डबली
  • सोमवार, कार्तिक १ २०७८

  • 4.7K
    SHARES

  • देउवा सरकारले बर्खास्त गर्‍यो ओलीको कृपाले नियुक्ति पाएका यी पदाधिकारी

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले नियुक्ति पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ ।

    आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्य सचिव सिलवाललाई बर्खास्त गरेको हो ।

    देउवा सरकारले ओली सरकारका पालामा नियुक्त भएका पदाधिकारीाई बर्खास्त गर्ने क्रममा सिलवाललाई आज सोमबार बर्खास्त गरेको छ । 

    यसअघि सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई सरकारले स्पष्टीकरण सोधेको थियो । 

    सदस्य सचिव सिलवालले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको जनाइएको छ ।

    सदस्य सचिव सिलवालसँगै स्पष्टीकरण सोधिएका ढुंगेल र रोक्कालाई समेत बर्खास्त गर्ने सरकारको तयारी रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend