आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोलिदेखि यी क्षेत्रमा भारी वर्षा हुने, आज कहाँ–कहाँ हुँदैछ वर्षा ?

भोलिदेखि यी क्षेत्रमा भारी वर्षा हुने, आज कहाँ–कहाँ हुँदैछ वर्षा ?

  • मिडिया डबली
  • आइतवार, आश्विन ३१ २०७८

  • 5.7K
    SHARES

  • भोलिदेखि यी क्षेत्रमा भारी वर्षा हुने, आज कहाँ–कहाँ हुँदैछ वर्षा ?

    काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज आईतबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रहेको छ ।

    गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको विभागले जनाएको छ ।

    आईतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    ‘काठमाडौंमा गए राति सामान्य वर्षा भयो । बिहान भएपछि रोकिएको छ । आज दिउँसो पनि काठमाडौंमा सामान्य वर्षा हुने सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘आज देशका धेरै स्थानमा सामान्य वर्षा हुनसक्छ तर भारी वर्षाको सम्भावना छैन ।’ 

    आज आईतबार राति देशभर सामान्य बदली रहने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ । 

    भोलि सोमबार सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । पर्सि मंगलवार पश्चिम नेपालसहित पूर्वी नेपालमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् ।

    हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेकाले वर्षाले सम्भावना रहेको विभागले जानकारी दिएको छ । मनसुन बाहिरिए पनि न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना कायमै रहेको विभागले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २१ २०७८११:१७:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend