आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेका मुख्यमन्त्री आचार्यको पदको आयू बढ्यो, सभामुखको निर्णय उल्ट्याएर यस्तो सूचना !

एमालेका मुख्यमन्त्री आचार्यको पदको आयू बढ्यो, सभामुखको निर्णय उल्ट्याएर यस्तो सूचना !

  • मिडिया डबली
  • आइतवार, आश्विन २४ २०७८

  • 5.4K
    SHARES

  • एमालेका मुख्यमन्त्री आचार्यको पदको आयू बढ्यो, सभामुखको निर्णय उल्ट्याएर यस्तो सूचना !

    काठमाडौं – नेकपा एमाले विभाजन हुनै लाग्दा मुख्यमन्त्री बनेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यको पदको आयू बढेको छ ।

    सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रदेशसभा बैठकलाई कात्तिक ५ गतेसम्म सारिएको छ ।

    बैठक दशैंपछि सारेर प्रदेश सरकारले आयू लम्ब्याउन खोजेको र सभामुख प्रदीप भण्डारी सहयोगी बनेको विपक्षी दलको आरोप रहेको छ । आईतवारको संसद् बैठकमा सभामुख भण्डारीले सोमबार १ बजेका लागि प्रदेशसभा बैठक हुने निर्णय सुनाएका थिए तर साँझ प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक कात्तिक ५ गतेसम्म स्थगित गरेका छन् । सभामुख भण्डारीले बोलेको निर्णयलाई प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचनामार्फत उल्ट्याइदिएका छन् ।

    आईतबारको संसद बैठकमा विपक्षी दलबाट सभामुख भण्डारीको समेत तीब्र आलोचना भएको थियो । बैठक बस्ने मिति परिवर्तन गर्दा ‘विशेष कारण’ भनिएपनि स्पष्ट कारण खुलाइएको छैन । 

    मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले विश्वासको मत चाहिएको सूचना आईतबार पनि संसदमा नपठाएको संसद् सचिव गोपाल पराजुलीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend