आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महाधिवेशनअघि नै सबै नेताले छाडे रामचन्द्रको साथ, सभापति बन्ने चाहनामा धक्का

महाधिवेशनअघि नै सबै नेताले छाडे रामचन्द्रको साथ, सभापति बन्ने चाहनामा धक्का

  • मिडिया डबली
  • आइतवार, आश्विन २४ २०७८

  • 5.3K
    SHARES

  • महाधिवेशनअघि नै सबै नेताले छाडे रामचन्द्रको साथ, सभापति बन्ने चाहनामा धक्का

    काठमाडौं - यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लामा जिल्ला अधिवेशन धमाधम भइरहेका छन् ।

    अहिलेसम्म १४ वटा जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् । जिल्ला अधिवेशनमा १३औं महाधिवेशनकै जस्तो नतिजा आइरहेको छ । संस्थापन पक्ष र इतर पक्षबीच नै प्रतिस्पर्धा देखिएको छ । 

    संस्थापन सभापति शेरबहादुर देउवा पक्षभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जिल्ला सभापतिले बाजी मारिरहेका छन् । तर, केन्द्रीय महाधिवेशनमा भने नेता पौडेललाई ठूलै धक्का लाग्ने जस्तो देखिएको छ । किनभने महाधिवेशनको मुखैमा उनी निकट नेताहरूले धमाधम साथ छाडेकाले पौडेलको सभापतिको उम्मेदवार बन्ने चाहनामाथि तुषारापात लाग्ने देखिएको हो ।

    केही अगाडिसम्म पौडेल पक्षले सभापतिको साझा उम्मेदवार तय गर्ने घोषणा गरेको थियो । पार्टी कार्यालय सानेपामै पत्रकार सम्मेलन गरेर पौडेलले आफू नै सभापतिको उम्मेदवार हुने संकेत गरेका थिए । पत्रकार सम्मेलनमा डा.शशांक कोइराला र प्रकाशमान सिंहलगायत पौडेल पक्षका प्रभावशाली नेता सहभागी थिए । तर, अहिले कांग्रेस राजनीतिमा धेरै उतारचढाव देखिइसकेको छ । 

    प्रकाशमान सिंहले अब आफू नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । त्यहीअनुसार उनले पार्टी नेता कार्यकर्तासँग भेटघाट तीव्र बनाएका छन् । उनले सधैं देउवा र पौडेल मात्रै सभापतिका उम्मेदवार बन्ने, गणेशमान सिंहकै छोरा भएकाले आफूले कुर्बानी मात्रै गर्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

    त्यसमाथि नेतृ सुजाता कोइरालाको घोषणाले पौडेलको चाहनामा पानी खन्याइदिएको छ । मन्त्री बन्न नपाएकी कोइरालाले अब आफूले पौडेल र शशांक कोइराला दुवैलाई साथ नदिने घोषणा गरिसकेकी छन् । सुजाताको यो घोषणाले देउवा पक्षमा खुसियालीको माहोल छाएको छ । किनभने महाधिवेशनअघि नै पौडेल पक्ष छिन्नभिन्न भएकाले सजिलै फेरि सभापति जित्ने बुढानिलकण्ठको अपेक्षा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend